नेपाल समाजवादी पार्टीमा नयाँ शक्ति थपिने

कार्तिक ६, २०८१

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशनले पार्टीको नाम पछाडी नयाँ शक्ति थप्ने निर्णय गरेको छ । पोखरामा सम्पन्न अधिवेशनले आगामी माघ २५,२६ र २७ गते काठमाडौंमा महाधिवेशन गर्ने तय समेत गरेको छ । महाधिवेशनमा प्रत्येक पार्टी सदस्यले प्रत्यक्ष मतदान गर्ने व्यवस्था गरिएको छ । 

विधान अधिवेशनबाट पार्टीको नाम र झण्डा पनि परिवर्तन गरिएको नेताहरुले बताएका छन् । विधान प्रतिनिधिहरुबाट सर्वसम्मत रुपमा नाम र झण्डा पारित गरिएको पार्टीकी नेता मानुसी यमी भट्टराईले जानकारी दिनुभयो । अधिवेशनले पार्टीको केन्द्रीय समिति सदस्य ९९ जना, ११ सदस्यीय पदाधिकारी हुने व्यवस्था पारित गरेको छ । 

सबै तहमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट नेतृत्व चयनको व्यवस्था पारित गरिएको छ । पार्टीमा युवाको नेतृत्व स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा ३० र केन्द्रमा २० प्रतिशतको व्यवस्था गरिएको छ । त्यस्तै सबै समितिमा महिला पदाधिकारी ३३ प्रतिशतको व्यवस्था पनि विधानमा राखिएको सो पार्टीले जनाएको छ । 


प्रतिक्रिया