गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी

श्रावण २८, २०८१ | गुल्मी

गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी परेका छन् । 

रेसुङ्गा सामुदायिक वनबाट ल्याएको च्याउँ खाँदा रेसुङ्गा नगरपालिका ८ खानीगाउँका टोमबहादुर थापाश्रीसको परिवार बिरामी परेका हुन् । 

च्याउ खाएर ६५ वर्षका टोमबहादुर थापा, उनकी श्रीमती ६२ वर्षकी दिलकुमारी, छोराहरु ३८ वर्षका लक्ष्मण र २९ वर्षीय विकास, छोरीहरु ४२ वर्षीया सिर्जना काउँछा र ३९ वर्षकी गिता थापा, नातिनी १० वर्षकी दिपदिकार, १२ वर्षकी विनीसा बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

 बिरामी परेका उनीहरु सबैलाई गुल्मी जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया