लुम्बिनीका मुख्यन्यायाधिवक्ता खनालद्वारा शपथ ग्रहण

भाद्र १२, २०८१ | बुटवल

लुम्बिनी प्रदेशका मुख्यन्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेले मुख्यन्यायाधिवक्ता खनाललाई शपथ गराउनुभयो । 

मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश प्रमुख प्रमुख कृष्णबहादुर घर्ती मगरको उपस्थितिमा बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यन्यायाधिवक्ता खनालले लिनु भएको हो । 

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री आचार्यसँगै सभामुख तुलाराम घर्ती मगर, उपसभामुख मनुका खाँण केसी लगायतको उपस्थिति रहेको थियो । 

भदौ ६ गते मुख्यमन्त्री आचार्यको सिफारिसमा प्रदेश प्रमुख मगरले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम बुटवल उपमहानगरपालिका–९ निवासी खनाललाई मुख्यन्यायाधिवक्ता नियुक्त गर्नु भएको थियो । अधिवक्ता खनाल लामो समयदेखि बुटवल र भैरहवामा कानून व्यवसायीको रुपमा कार्यरत हुनुहुन्थ्यो ।


प्रतिक्रिया