५ दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

भाद्र १६, २०८१

पहिरोले ५ दिनदेखि अवरुद्ध भएको कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक आज बेलुकी ७ बजेदेखि कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक एकतर्फी खुलेको छ । सडक डिभिजन कार्यालय जुम्लाले कालीकोट खण्ड र सुर्खेतले दैलेख खण्डको पहिरो पन्छाएपछि सडक एकतर्फी खुलेको हो । गत बुधवार बेलुकी अवरुद्ध भएको राजमार्ग खुलेपछि कालीकोटको ताडी, हुल्ममा रोकिएका गाडी दैलेखको खिड्कीज्यूला तर्फ लागेका छन् भने दैलेखको खिड्कीज्यूला राकमलगायतका स्थानमा रोकिएका गाडी कालीकोटको हुल्मतर्फ जँदै गरेको कालीकोटका प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले बताउनुभयो । 

कालीकोट खण्ड दिउसोबाट नै खुलेको थियो भने दैलेख खण्ड साँझबाट खुलेको उहाँले बताउनुभयो । उहाका अनुसार जुम्लाबाट स्याउ बोकेर आएका सबै गाडी मान्मको ताडी बसपार्कबाट पठाइए पनि दैलेख खण्ड नखुलेकाले कालीकोट र दैलेखको सिमाना दैखोलाबाट भर्खर गन्तव्यतर्फ लागेका छन् । 

कर्णाली राजमार्गमा राती गाडी चल्न नदिने नियम भएकाले ती गाडी राकम गएर बस्ने प्रहरीको भनाई छ । बाढीपहिरोले अवरुद्ध कर्णाली राजमार्गको पहिरो पन्छाउन कालीकोट खण्डमा तीन र दैलेख खण्डमा एक गरी चार वटा मेसिन लगाएर सडक एकतर्फी सुचारु गरिएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख चेतनकुमार मण्डलले बताउनुभयो । 


प्रतिक्रिया