गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री राजिव गुरुङद्वारा राजीनामा

भाद्र १७, २०८१ | पोखरा

गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री राजिव गुरुङले पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज एमालेलाई सामेल गराएर प्रदेश मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेर गर्दा असन्तुष्ट बनेका गुरुङले मन्त्री पदबाटै राजीनामा दिनुभएको हो । मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री गुरुङले प्रदेशलाई वन तथा वातावरणमा पर्याप्त अधिकार नभएकाले आफू सो मन्त्रालयको जिम्मेवारीमा नरहने बताउनुभयो । मन्त्रिपरिषद् विस्तार हुँदा आज मुख्यमन्त्री पाण्डेले गुरुङलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । यसअघि गुरुङ भौतिक पूर्वाधार मन्त्री हुनुहुन्थयो ।

कांग्रेसबाट मुख्यमन्त्री रहेका पाण्डेले विगतमा असहज परिस्थितिमा साथ दिएको भन्दै गुरुङलाई समेट्नकै लागि मन्त्रालय फुटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो ।  


प्रतिक्रिया