लुम्बिनीका वन मन्त्रीले दिए राजीनामा

भाद्र २५, २०८१

बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ती हिनामिना प्रकरणका मुख्य आरोपित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिनु भएको छ । 

उहाँले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष मन्त्री पदबाट आज राजीनामा दिएको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताउनुभयो । उहाँको राजीनामा स्वीकृत भएको छैन् । मन्त्री भएपछि उहाँको बारेमा चौतर्फी विरोध भएको थियो । स्रोतका अनुसार कुर्मीलाई कांग्रेस पाटी केन्द्रले मुद्धाको छिनोफानो नलाग्दासम्म मन्त्री पदबाट राजीनामा दिन सर्कुलर गरेको हो ।

कांग्रेस–माओवादीको गठबन्धनबाट कुर्मी बाँकेको निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित भएका थिए । शाहलाई साउन ९ गते कांग्रेसबाट विना विभागीय मन्त्री बनाएको थियो । मुख्यमन्त्री आचार्यले साउन १८ गते कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोक्नु भएको थियो ।

कुर्मी विरुद्ध कर्तव्य ज्यान मुद्धा र ठगीमा अनुसन्धान चलिरहेको छ । उहाँलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ । 


प्रतिक्रिया