लुम्बिनीका वन तथा वातावरण मन्त्रीको राजीनामा स्वीकृत

भाद्र २६, २०८१

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले वन तथा वातावरण मन्त्री बादशाह कुर्मीको राजिनामा स्वीकृत गर्नु भएको छ । 

मन्त्री कुर्मीले हिजो राजिनामा दिनु भएको थियो । बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्यआरोपित ब्यक्तिलाई अनुसन्धान नै प्रभावित गराउने गरी सांसद र मन्त्री बनाईएको भन्दै महिला अधिकारकर्मीहरू आन्दोलित भएका थिए । 

कांग्रेस केन्द्रीय समितिबाटै दबाब परेपछि उहाँले राजिनामा दिनु भएको थियो । मुख्यमन्त्री आचार्यलेबुधवार राजिनामा स्वीकृत गरेको आचार्यका प्रेस संयोजक दशरथ घिमिरेले बताउनुभयो । 


प्रतिक्रिया