मगर महिला संघको रास्टीय सम्मेलन धनकुटामा सुरु

आश्विन ३, २०८१ | धनकुटा

नेपाल मगर महिला संघको राष्ट्रिय सम्मेलन धनकुटाको पाख्रीवासमा आज सुरु भएको छ ।

सम्मेलनका लागि ४० जिल्लाका २ सय ४५ प्रतिनिधि धनकुटाको पाख्रीवास पुगेका छन् ।

सम्मेलनको उद्घाटन कोशी प्रदेश प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले गर्नुभएको छ ।

भोली सम्पन्न हुने सम्मेलनले मगर महिलासंघको पाख्रीवास घोषणा पत्र जारी गर्ने छ ।


प्रतिक्रिया