बारामा करेन्ट लागेर जंगली हात्तीको मृत्यु
आश्विन ६, २०८१ | बारा
बाराको कोल्हवी नगरपालिका–२ भलुवाहीखोरस्थित राष्ट्रिय वन क्षेत्र नजिकै करेन्ट लागेर एउटा जंगली हात्तीको मृत्यु भएको छ ।
वनसँगै रहेको रमेश जीसीको धान खेतको वरिपरि लगाइएको फलामे तारबाट करेन्ट प्रवाह भएर अन्दाजी २० वर्षको भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय सिमराका प्रमुख डीएफओ राजीवकुमार झाले बताउनुभयो ।
घटनास्थल क्षेत्रका वन कर्मचारीले आइतबार सूचना लिएपछि आफूलाई जानकारी भई घटनास्थल पुगेको उहाँले बताउनुभयो । पर्सा राष्ट्रिय निकुञ्जबाट आएको पशु चिकित्सकको टोलीले हात्तीको पोस्टमार्टम गरी घरटनास्थल नजिकै गाडेको उहाँले जानकारी दिनुभयो । ‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ डिभिजन प्रमुख झाले भन्नुभयो, ‘करेन्ट हाल्ने जग्गाधनी सित सोधपुछको लागि खोजी भइरहेको छ ।’
धान चर्न गएको बेला हात्तीको करेन्ट लागेर मृत्यु भएको डिभिजन प्रमुख झाले बताउनुभयो । कोल्हवी क्षेत्रमा लामो समयदेखि जंगली हात्तीले आतंक छ ।
हात्तीले किसानको बाली खाने, तामागढी जडीबुटी क्षेत्रको केरा लगायतमा नोक्सानी गर्ने र मान्छेलाई मार्ने घटनाहरु बारम्बार हुँदै आएको छ ।
डिभिजन कार्यालयका अनुसार एक दशयता कोल्हवीको प्रसौना, बलुवा, झुरझुरे, का“डा, तामागढी भलुवाहीखोर क्षेत्रमा एक दशकयता आधा दर्जन बढी मानिसको आत्तीले ज्यान लिइसकेको छ ।
स्थानीयहरुका अनुसार यस क्षेत्रमा पटकपटक हात्तीले आतंक फैलाएर उपद्रो मचाउँदै आएकोले धनजन क्षतिसँगै राति जाग्राम बस्नुपर्ने दुःख बेहोर्दै आउनु परेको छ ।