बीपी राजमार्गको तीनखण्ड सुचारु, एम्वुलेन्स लगायतफसेका सवारी साधन फर्किए

आश्विन १३, २०८१

बीपी राजमार्ग अन्तर्गत नेपालथोक–खुर्कोट सडक सुचारु भएको छ । बीपी राजमार्गको सो खण्ड सुचारु भएसँगै सुनकोसी गाउँपालिका १ को टुप्पी डाँडा फसेका एम्वुलेन्स लगायत अन्य सवारी साधन भर्खरैबाट फर्किन शुरु गरेका हुन् । सुनकोसी गाउ“पालिका ३ को कमेरेफाँटको पहिरो हटाउने तथा ७ को कानढुंग्रीमा डाइभर्सन सडक बनेपछि नेपालथोक खुर्कोटखण्ड सुचारु भएको प्रहरीले जनाएको छ । 

बाढीपहिरोले टुप्पीडा“डामा रोकिएका विरामी, शव सहितका एम्वुलेन्स र सयौं सवारी साधन फर्किएको सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्ले बताउनुभयो । बीपी राजमार्गको चारखण्ड मध्ये, खुर्कोट–नेपाथोक, सिन्धुलीमाडी–खुर्कोट र वर्दिवास–सिन्धुलीमाडी खण्ड सुचारु भएको छ ।

नेपालथोक–धुलीखेल खण्ड खुलाउन लागि परेको प्रहरीले जनाएको छ । वर्षात रोकिएमा सो खण्ड पनि एकदुइ दिनमा संचालनमा आउने प्रहरीको भनाइ छ । 


प्रतिक्रिया