रुपन्देहीमा हराएको दुध बोक्ने गाडी फेला, चालक र सहचालक बेपत्ता

आश्विन १३, २०८१ | तिलोत्तमा

रुपन्देहीमा शनिबार देखि हराइरहेको दुध बोक्ने गाडी फेला परेको छ ।

 शनिवार बिहानै मर्चवारदेखि दुध संकलन गर्दै अन्यत्र संकलनका लागि हिँडेको भे १ च २६७६ नम्बरको जिप आ साँझ ६ बजे सिद्धार्थनगर नगरपालीका १० र मायादेवी गाउँपालिका २ मा पर्ने घाघरा खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी नायव उपरिक्षक लक्ष्मी खनालले बताउनुभयो । 

 नेपाल प्रहरी, शसत्र प्रहरी र नेपाली सेनाले निरन्तर खोजतलास गरेको गाडी मा रहेका दुध सहितका भाँडा देखेपछि खोज्दै जाँदा गाडी फेला परेको उहाँले जानकारी दिनुभयोे । जिपका चालक प्रकाश तामाङ र सह–चालक उमेश लोध भने अझै बेपत्ता छन् ।

 सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट सो गाडी दुध लिएर शनिबार बिहान भैरहवा तर्फ आउँदै थियो । सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट जिप हराएको थियो । 


प्रतिक्रिया