सिन्धुलीको खाङसाङमा चार दिनदेखि अलपत्र १७ जनाको उद्धार

आश्विन १४, २०८१ | सिन्धुली

मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङसाङमा चार दिनदेखि अलपत्र परेका सोलुखुम्बु र ओखलढुङ्गाका ८ जना विरामीसहित १७ जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

मध्यपहाडी लोकमार्गको खुर्कोट घुर्मी खण्ड अन्तर्गत दर्जनौं स्थानमा पहिरो खसेर यातायात अवरुद्ध हुँदा उनीहरु अलपत्र परेका थिए ।

यसैबीच, सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेका अनुसार काभ्रेको मंगलटारदेखि उदयपुरको घुर्मीसम्म यातायात अवरोध फसेकाहरुलाई गन्तव्यमा पु¥याउन राजमार्ग क्षेत्रमा १ सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसअघि पनि सेनाको हेलिकप्टरबाट सिन्धुली र काभ्रेको राजमार्ग क्षेत्रमा बाढीपहिरोका कारण फसेका स्वदेशी तथा विदेशी नागरिकलाई उद्धार गरिएको थियो । वीपी राजमार्गमा अवरोध कायमै रहेपछि कतिपय यात्रु हिडेरै धुलिखेलसम्म आएका छन् ।  


प्रतिक्रिया