पहिरोले फेरि मध्यपहाडी लोकमार्ग अबरुद्ध
![](http://radio-assets-api.ekantipur.com/thumb.php?src=http://radio-assets-cdn.ekantipur.com/uploads/source/news/2024/default/Radio-1711255025.jpg&w=700&height=600)
आश्विन १८, २०८१ | खोटाङ
मध्यपहाडी लोकमार्ग अन्र्तगत खोटाङका विभिन्न स्थानमा पहिरो खस्दा सो क्षेत्रको यातायात अवरुद्ध बनेको छ ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाडाँका दुई र ३ च्यास्मिटारका एक ठाउँ गएको पहिरोको कारण मध्यपहाडी लोकमार्गको यातायात अवरुद्ध भएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार बाहुनीडाडाँको गोरुमारेमुनि र डौठेखोलामा पहिरो खसेको छ । त्यस्तै च्यास्मिटारको जोरसिमलमा पनि पहिरो खसेको गिरीले जानकारी दिनुभयो ।
सडक अबरुद्ध भएपछि काठमाडौं तथा तराईका शहरहरूबाट आएका गाडी डौठे खेलामा र दिक्तेल–भोजपुरतिरबाट छुटेको गाडी हलेसीमा रोकिएका छन् ।