हुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

आश्विन १९, २०८१ | सुर्खेत

हुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

कर्णाली करिडोर अन्तर्गत हुम्लाको सर्केगाड बजारबाट बाजुरा जाँदै गरेको लु १ ज ३०४३ नम्बरको जिप ताजाँकोट गाउँपालिका–२ पुइमामा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० का ४९ वर्षीय विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका – ६ का ५ वर्षीय बलक अभिषेक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिनुभयो । 

गियर बक्स बिग्रीएपछि रोकिराखेको अवस्थामा जिप सडकबाट ब्याक भई ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । ७ जना सवार रहेको सो जिपका अन्य पाँच जना बाहिर निस्किएका बेला दुर्घटनामा परेको हो । 


प्रतिक्रिया