तनहुँको व्यासमा एकै दिन २ सय ९ जनामा डेंगी संक्रमण

आश्विन २०, २०८१ | तनहुँ

तनहुँको व्यास नगरपालिकामा एकै दिन २ सय ९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । 

जिल्ला स्वास्थ्य कार्यालय तनहुँको तथ्यांक अनुसार व्यासमा हिजोसम्म ९ सय १० जनामा डेंगी संक्रमण पुष्टि भएकोमा आज एक हजार १ सय १९ जनामा संक्रमण पुष्टि भएको पाइएको हो ।

एकै दिन २ सय ९ जनामा संक्रमण भएको पाइएको हो । पछिल्लो केही सातायताको झरीसंगै जिल्लामा डेंगी संक्रमण बढेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका १० वटै पालिकामा डेंगी संक्रमित भेटिएका छन् । 

सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकामा एक हजार ५ सय ६१ जना, शुक्लागण्डकी नगरपालिकामा ४ सय १३, बन्दीपुर गाउँपालिकामा १ सय ३७ र भानु नगरपालिकामा ३८ जनमा डेंगी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

यस्तै देवघाट गाउँपालिकामा ३७, भिमाद नगरपालिकामा ३४ म्याग्दे गाउँपालिकामा ३० तथा ऋषिङ र घिरिङ गाउँपालिकामा ३÷३ र जनामा सो संक्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताउनुभयो । गत असार पहिलो साता यता तनहुँका ३ हजार ३ सय ९१ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । 


प्रतिक्रिया