दाउन्नेमा दुईतर्फी सवारी संचालन

आश्विन २०, २०८१

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा सडक दुईतर्फी सञ्चालनमा आएको छ । गत असोज १८ गते सडक भासिएपछि मर्मत गरेर एकतर्फी सवारी सञ्चालन गरिदै आएकोमा आज मध्यान्हबाट दुवैतर्फबाट सडक खोलिएको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहराका अनुसार आज विहान ११ बजेदेखि सडक दुईतर्फी संचालनमा आएको हो । 

तर, सडक भासिने जोखिम कायमै रहेकाले ठुला र भारवहन बढी भएका सवारीलाई बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह प्रहरीले आग्रह गरेको छ । पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित खुर्सानी खोला नजिकै सडक भासिएको थियो । पानी पर्नासाथ सडक भासिने समस्याका कारण आवतजावत्मा समस्या भएको हो । 


प्रतिक्रिया