अर्घाखाँचीमा भारतीय नम्बरको कार दुर्घटना, एकको मृत्यु

कार्तिक १९, २०८१ | अर्घाखाँची

अर्घाखाँचीको सन्धिखर्कमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा मालारानी गाउँपालिका–७ टिमुरे निवासी २६ वर्षीय चालक नवीन नेपालीको मृत्यु भएको हो । 

मालारानीबाट सदरमुकाम सन्धिखर्कतर्फ आउँदै गरेको भारतीय नम्बरको कार अनियन्त्रित भई सन्धिखर्क नगरपालिका–११ ढुंगे देउरालीमा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

भारतको दिल्लीमा गाडी चलाउने काम गर्दै आएका उनी तिहार मनाउन घरमा आएका थिए । 

आइतबार गाउँबाट सदरमुकाम जाने क्रममा दुर्घटनामा परी उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताउनुभयो । प्रहरीका अनुसार कार सडकबाट आठ सय मिटर तल खसेको थियो । 


प्रतिक्रिया