बागलुङको जैमिनीमा जिप दुर्घटना, ५ को मृत्यु
कार्तिक २६, २०८१ | बागलुङ
बागलुङको जैमिनी नगरपालिका–८ को ढुंगाखानी भन्ने स्थानमा जिप दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
केवै भन्ने गाउँदेखि बियाडथला हुँदै सदरमुकाम जान लागेको ग २ च ९२४७ नम्बरको जिप ढुंगाखानीको भीरबाट खसेको हो । जिपमा सवार ५ जनाकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन बाकी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले बताउनुभयो । घटनास्थलमा स्थानीय र प्रहरीले उद्दार गरिरहेका छन् ।
प्रहरी चौकी छिस्तीबाट गएको टोलीले मृतकको सनाखत गर्ने थापाले जानकारी दिनुभयो । एक जनाको जिवितै उद्दार गरी धौलागिरि अस्पताल ल्याउने तयारी भएको छ । घटनास्थल सदरमुकामदेखि झण्डै ४० किलोमिटर दक्षिणमा पर्छ ।







