मधेश सरकारले गठबन्धनको स्पीरिटमा काम गर्न नकसेको निष्कर्ष

कार्तिक २९, २०८१

मधेश प्रदेश सरकारले जनतालाई सरकारको अनुभुती गराउन नसकेको सता गठबन्धन दलका नेताहरुको बैठकले निष्कर्ष निकालेको छ । जनमत पार्टी संसदीय दलको कार्यालयमा आज बसेको दलका नेताहरुको बैठकले मधेश प्रदेश सरकारको पछिल्लो चार महिनाको समिक्षा गर्दै प्रदेश सरकारको सक्रियता बढाउनु पर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको बजेट खर्च निराश जनाक भएको र सरकारको गतिविधि अघिल्लो सरकारको तुलनामा समेत कमजोर रहेको निष्कर्षमा पुगेको जनमत पार्टी संसदीय दलका नेता महेश यादवले बताउनुभयो । मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारलाई चार महिनामा काम गर्न भएको समस्या तथा बाधा अवरोधलाई समाधान गरी सरकारलाई सफल बनाउन गठबन्धन दलका नेताहरु छलफलमा जुटेको लोकतान्त्रीक समाजवादी पार्टी लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले बताउनुभयो ।

एक दलले अर्को दलसंग समन्वय नगर्ने, सरकारमा सहभागि मन्त्रीहरुले मुख्यमन्त्री संग समन्वय भएको नभएको बारे मुख्यमन्त्री र मन्त्रीहरुलाई राखेर सरकारको समिक्षा गर्ने सहमति भएको उहाँले बताउनुभयो । केही मन्त्रीका कारण सरकारमाथि प्रश्न उठन नदिने दलहरु बीच सहमति भएको छ । प्रदेश सरकारको काम प्रभावकारी बनाउने र बजेट खर्चमा भएको अबरोध खुलाउन गठबन्धन दल एकमत भएको महतोले बताउनुभयो । अगामी दिनमा संसदीय दलको कार्यालयहरुमा सबै दलको संयुक्त बैठक बस्ने परम्परा अगाडी बढाउने विषयमा दलका नेताहरु सहमति गरेका छन् ।


प्रतिक्रिया