सल्यानको दार्मामा भाईरल ज्वरो, रुघाखोकीका विरामीको संख्या बृद्धि
मंसिर १६, २०८१ | सल्यान
चिसोसँगै दार्मामा भाईरल ज्वरो, रुघाखोकीका विरामी हवात्तै बढे
भुकम्प प्रभावित क्षेत्र सल्यानको दार्मा गाउँपालिकामा भाईरल ज्वरो, रुघाखोकी, निमोनियाका विरामी बढेका छन् ।
एक साता यता बढेको चिसोका कारण भाईरल ज्वरो, रुघाखोकी, निमोनियाका विरामी बढेका हुन् । चिसोबाट बालबालिका , वृद्धवृद्धामात्र नभई वयस्क समेत प्रभावित भएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताउनुभयो ।
पालिकाका सबै स्वास्थ्य संस्थामा विरामीको घुईचो लाग्न थालेको उहाँको भनाई छ । भाईरल ज्वरो, रुघाखोकीका बिरामी बढेपछि अहिले पालिकामा घरै पिच्छे विरामी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बस्नेतको भनाई छ ।
उहाँका अनुसार भाईरल ज्वरो, रुघाखोकी मात्र नभई बुढापाखाहरु दमको रोगबाट समेत प्रभावित हुदै आएका छन् । गत बर्ष कात्तिक १७ गते गएको भुकम्पले पालिकामा ४ हजार ६० घर क्षती भएको र क्षती भएका मध्ये अहिलेपनि ३÷४ सय मानिसहरु टहरोमा बस्न बाध्य छन् ।