नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने चीनको घोषणा
मंसिर १८, २०८१
चीनले नेपाललाई करिब नौ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीच भएको भेटवार्ताका क्रममा सीले नेपाललाई ५ सय मिलियन आरएमबी करिब नौ अर्ब रुपैयाँ दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली र सी बीच बेइजिङमा आज दिउँसो द्विपक्षीय भेटवार्ता भएको थियो ।