छलफल गरेर शिक्षा नीति तर्जुमा गर्ने कांग्रेसको तयारी

मंसिर १८, २०८१

सत्तारुढ दल नेपाली कांग्रेसले विज्ञहरुको सुझावसहितको दलीय र आन्तरिक छलफलपछि शिक्षा नीति तर्जुमा गर्ने तयारी अघि बढाएको छ । पार्टीको शिक्षा विभाग प्रमुख नैनसिंह महरले तयारीका लागि विभिन्न मस्यौदामा छलफल गर्ने बताउनुभयो । 

सोहीअनुसार विभागले शिक्षासँग सम्बन्धित विभिन्न क्षेत्रका विज्ञहरुसँग राय लिने भएको छ । त्यसका लागि विभागले भोलि पार्टी केन्द्रीय कार्यालयमा अन्र्तक्रिया आयोजना गरेको छ । सो अन्र्तक्रियाले कांग्रेसका लागि शिक्षा क्षेत्रमा मार्गनिर्देश गर्ने खाका तयार हुने उहाँको भनाई छ । यस्तै देशका विभिन्न तहमा अन्र्तक्रियापछि पार्टीको तर्फबाट शिक्षा नीतिको मस्यौदा तयार गरिने महरले जानकारी दिनुभयो । 


प्रतिक्रिया