यू–१९ एसिया कपः नेपालसँग आफगानीस्तान १ विकेटले पराजित
मंसिर १८, २०८१ | काठमाडौं
एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले सान्त्वना जित हात पारेको छ ।
संयुक्त अरब इमिरेट्स यूएईमा आज भएको खेलमा नेपालले अफगानीस्तानलाई १ विकेटले हराएको हो ।
१ सय २४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा नरेन साउदले सर्वाधिक २६ रन जोडे ।
कप्तान हेमन्त धामी २२ रनमा अविजित रहे । अफगानीस्तानले ३५ ओभर ४ बलमा अल आउट हुँदै १ सय २३ रन बनाएको थियो । नेपाल र अफगानीस्तान यसअघि नै उपाधि होडबाट बाहिरिसकेका थिए ।