बीमा प्राधिकरणका अध्यक्ष सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा
मंसिर २४, २०८१ | काठमाडौं
अख्तियार दुरुपायोग अनुसन्धान आयोगले राष्ट्रिय बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सिलवालले आफ्नो जन्म मिति परिवर्तन गरि सरकारी लाभ लिएको पाइएको जनाउँदै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार सिलवालले आधिकारीक जन्ममिति २०१५ साउन १५ भएको भएपनि झण्डै ३ वर्ष घटाएर २०१८ कार्तिक २४ बनाएको पाइएको छ ।
जस अनुसार २०८० साउन १६ मा सरकारी सेवाबाट अनिवार्य अवकासमा जानुपर्नेमा पछिल्लो ९ महिना यता सिलवालले सरकारी पदको दुरुपयोग गरेको अख्तियारको भनाइ छ ।
सोही आधारलाई जनाउँदै अख्तियारले सिलवालसँग ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।