सबैभन्दा बढी महिलाहरु घरपरिवारबाटै पीडित

मंसिर २६, २०८१ | काठमाडौं

नेपालमा प्रत्येक चार जना महिला मध्ये १ जना लैगिक हिंसाबाट पीडित भएको विभिन्न अध्ययनले देखाएका छन् । समाजमा विद्यमान कुप्रथा एवं विकृितका कारण महिलाहरु हिंसामा पर्ने गरेको राष्ट्रिय महिला आयोगको पछिल्लो प्रतिवेदनले देखाएको हो । 

सबैभन्दा बढी महिलाहरु घरपरिवारबाटै पीडित हुने गरेका छन् । राष्ट्रिय महिला आयोगमा गत आर्थिक वर्षमा मात्रै घरेलु हिंसाका मात्र २२ सय घटनाहरु दर्ता भएका छन् । 

श्रीमान् तथा परिवारका सदस्यहरुबाट महिलाहरु सबैभन्दा बढी हिंसामा पर्ने गरेका छन् । परिवार, आफन्त तथा समाजबाट महिलाहरु पीडित हुने क्रम अझै जारी छ । गत आर्थिक वर्ष मात्र २ हजार भन्दा बढी बलात्कारका घटना दर्ता भएको नेपाल प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

विभिन्न अध्ययनका अनुसार महिला घरेलु हिंसा, यौन हिंसा, मानव बेचबिखन, दाइजो प्रथा, बोक्सी प्रथा, छाउपडी प्रथा जस्ता हिंसाबाट पीडित छन् । 

यसैबीच मंसीर १० गतेबाट सुरु भएको महिला हिंसाविरुद्धको १६ दिने अभियान आज सकिदैंछ । महिला हिंसाविरुद्धका अभियानहरुलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  


प्रतिक्रिया