रास्वपाका सभापति लामिछानेलाई पोखरा लगियो

मंसिर २६, २०८१ | काठमाडौं

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ ।

गत सोमबार वीरगञ्ज पु¥याइएका लामिछानेलाई सीमरा विमानस्थलबाट हवाई मार्ग हुँदै पोखरा लगिएको हाम्रा सहकर्मीले जनाएका छन् ।

म्याद थपका लागि भोलि अदालतमा उपस्थित गराइएने बताइएको छ ।

वीरगन्ज लगिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसँग पर्सा सरकारी वकिलको कार्यालयमा करिब ४ घन्टा बयान लिइएको थियो ।

सहकारीको रकम हिनामिना प्रकरणमा कात्तिक २ देखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई वीरगन्जको सानोपाइला बचत तलगिएको थियो ।

सूर्यदर्शनसँगै रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ ।

सूर्यदर्शनसँगै रुपन्देहीको सुप्रिम सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन र वीरगञ्जको सानो पाइला सहकारीमा बचतकर्ताको रकम अनियमिततामा प्रहरीले लामिछानेसँग बयान लिएको छ ।

यसैबीच रास्वपा सभापति लामिछानेलाई पोखरा पु¥याइएसँगै कार्यकर्ताले प्रदर्शन गरेका छन् । पोखराको पृथ्वीचोकमा प्रदर्शन जारी राखेपछि प्रहरी परिचालन गरिएको छ ।  


प्रतिक्रिया