हत्या गरेको आंशकामा हेटौंडाबाट तीन पक्राउ

मंसिर २९, २०८१ | हेटौंडा
कुटपिट गरी एक युवकको हत्या गरेको आंशकामा मकवानपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । राक्सिराङ गाउँपालिका–५ स्थित चैनपुरबाट काँकडा जाने भित्री सडकखण्डमा बाराको सिमरा अमलेखगन्जका २१ वर्षीय समिर सुनारको शव शुक्रबार फेला परेको थियो ।
मनहरीस्थित इलाका प्रहरी कार्यालयका अनुसार टाउकोमा चोट र नाकमुखबाट रगत बगिरहेको अवस्थामा सुनारको शव भेटिएको थियो ।
सुनारको कुटपिट गरेर हत्या गरेको आशंकामा इलाका प्रहरी कार्यालयले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना मृतक सुनारका साथी हुन् । पक्राउ परेकासँग सोधपुछ भईरहेकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन ।