सिस्नेरी–दक्षिणकाली सडक पुस ११ गतेसम्म बन्द

पुस ३, २०८१ | हेटौंडा

हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली सडक ९ दिन बन्द हुने भएको छ । सिस्नेरी–दक्षिणकाली सडकखण्डमा बुधबारदेखि पुस ११ गतेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले सो सडक अन्तर्गत दक्षिणकाली–छैमलेमा कालोपत्र गर्न लागेकाले सवारी सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । 

यसैगरी सडक स्तरोन्नतिका लागि कुलेखानी–फाखेल–मातातीर्थ सडकमा पनि यातायात सञ्चालनमा रोक लगाइएको छ । 

सो सडक बन्द हुदा सवारी साधनलाई वैकल्पिक मार्ग हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडक र कुलेखानी फाखेल सडकमा सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


प्रतिक्रिया