धनगढीका चार पसलमा आगलागी, एक करोड बढीको क्षति

पुस ८, २०८१ | धनगढी

कैलालीको धनगढी बजारमा रहेका चार वटा पसलमा आगलागी हुँदा एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ । शहिद गेटस्थित समीर मोबाइल ग्यालरी, अर्जुन आर्ट, न्यू लब्ली टेलर्स र कृष्ण इन्टरप्राइजेजमा गएराति आगलागी भएको प्रहरीले जनाएको छ । 

आगलागीबाट कृष्ण इन्टरप्राइजेजको एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । 

यस्तै, मोबाइल ग्यालरीको १० लाख, आर्टको नौ लाख, टेलर्सको पा“च लाख क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दर्शन खड्काले बताउनुभयो । 

क्षतिको विस्तृत विवरण आँउन बाँकी छ । बिजुलीको तार सर्ट भएर आगलागी भएको प्रहरीको भनाई छ । 


प्रतिक्रिया