शीतहलर बढेपछि गुलरिया नगरपालिकाका सामूदायिक विद्यालय माघ ५ सम्म बन्द

पुस २६, २०८१ | काठमाडौं

शीतहलर बढेपछि बर्दियाको गुलरिया नगरपालिकाले यही माघ ५ गते सम्मका लागि सामूदायिक विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

अत्याधिक चिसो संगै माघी पर्व समेतलाई केन्द्रीत गर्दै माघ ५ गते सम्मका लागि पालिका अन्तर्गतका सामूदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको गुलरिया नगरपालिकाले जनाएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख शतिश यादवले शैक्षिक क्यालेण्डरमा विदा दिने व्यवस्था अनुसार दिएको बताउनुभयो ।

अत्यधिक चिसो र हुस्सुले केही दिन यता बर्दियाको जनजिवन प्रभावित हुँदै आएको छ । सशस्त्र प्रहरी बल ३१ नम्बर गण र जिल्ला प्रशासन कार्यालयले संयुक्तरुपमा दाउरा र कम्बल वितरण समेत सुरु गरेको छ । सशस्त्र प्रहरी बलले गुलरिया नगरपालिकाको व्यस्त क्षेत्रमा दाउरा वितरण गरेको हो । 


प्रतिक्रिया