सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द

पुस २९, २०८१ | संखुवाभा

अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द भएका छन् ।

चिसोले पठनपाठनमा कठिनाई भएपछि जिल्लाका सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । २ सय ८९ सामुदायिक विद्यालय रहेको जिल्लामा गत मंसिरदेखि नै पठनपाठन क्रमिक रुपमा बन्द हुन थालेका थिए । चिसोका कारण बालबालिका विद्यालय जान सक्ने अवस्था नभएकोले पठनपाठन प्रभावित भएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

इकाईका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार जिल्लाका ८ मध्ये सोताङ गाउँपालिका बाहेक सबै स्थानीय तहले जाडो बिदा दिएका छन् । त्यस्तै, चिसोसँगै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात सुरु भएको छ । तराईका अधिकांश जिल्लामा भने हुस्सु कुहिरोले जनजीवन प्रभावित भएको छ ।


प्रतिक्रिया