एमाले सुदूरपश्चिमद्वारा पाँच नेतालाई कराबाही

माघ २१, २०८१ | धनगढी

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा संलग्न भएको भन्दै प्रदेश कमिटीले प्रदेश समिति सदस्य र सल्लाहकार परिषदका ५ जना नेतालाई पार्टीबाट निष्कासन गरेको हो । 

प्रदेश सल्लाहकार परिषद सदस्य हर्क कुँवर र लाल बहादुर खड्का, प्रदेश कमिटी सदस्य जंग बहादुर विक, दुधकला विष्ट र केशर मियाँ रहेका छन् । उनीहरु पाँचै जना अछामका हुन् । 

विधान विपरीतका कार्यमा संलग्न भएको भन्दै उनीहरुलाई कारबाही गरिएको एमाले प्रदेश सचिव रणबहादुर रावलले जानकारी दिनुभयो । उनीहरुले विधान विपरीतका कार्यमा संलग्न भएको भन्दै सचिवालय बैठकद्वारा कारबाही गरिएको रावलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया