कैलालीमा आमाछोरी मृत भेटिए

माघ २५, २०८१ | धनगढी

कैलालीमा आमा छोरी आफ्नै घरमा मृत फेला परेका छन् ।

गोदावरी नगरपालिका ११ मा २४ वर्षीया मिरा कामी र उनकी दुुई वर्षीया छोरी प्रिन्सी हिजो साँझ आफ्नै घरमै मृत फेला परेका हुन् ।

मृत्युुको कारण नखुलेको अत्तरियास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । मिराका श्रीमान र ससुरा मजदुरीका क्रममा भारतमा छन् ।

 घरमा सासु, र देवर मात्र छन् । पोष्टमार्टमका लागि शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया