सिन्धुलीमा इभी दुर्घटना हुँदा चालकको मृत्यु

माघ २५, २०८१ | सिन्धुली
बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट सडकखण्ड अन्तर्गत खनियाखर्क नजिकै भएको सवारी दुर्घटनामा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा आज बिहान भएको यात्रुवाहक विद्युतीय सवारी –इभी दुर्घटनाहुँदा चालक २६ वर्षिय सुशान्त नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो ।
इभी माइक्रो सडकबाट झण्डै चारसय मिटर तल खसेकाले उद्धारमा कठिनाइ भएको सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
घाइते पाँचै जनाको सिन्धुली अस्पतालमा उपचार भैरहेको छ ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । चालक निदाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।