कृषि विज्ञ राईलाई दुई वर्ष ६ महिना जेल सजाय

माघ २५, २०८१

बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहरिएका कृषि विज्ञ मदन राईलाई दुई वर्ष जेल सजायको फैसला सुनाइएको छ । जिल्ला न्यायाधीस नारायणप्रसाद दाहालको इजलासले आज राईलाई बालयौन दुरुपयोग मुद्दामा दोषी ठहराउँदै दुई वर्ष ६ महिना जेल सजाय तोकेको हो ।

अदालतका श्रेस्तेदार सीताराम खड्काका अनुसार यौन दुरुपयोग मुद्दामा दोषी ठहराउँदै राईलाई जरिवाना वापत एक लाख र पीडितलाई क्षतिपूर्ति वापत एक लाख ५० हजार तोकेको हो । राईलाई न्यायाधीश दाहालको इजलासले गत माघ १० गते दोषी ठहर गरेको थियो ।

आफैंले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा २०८० वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालत खोटाङबाट जेठ २२ गते चार लाख रुपैयाँ धरौटीमा छुटेका थिए । राईलाई फाउन्डेसनमा जान रोक लगाउदै धरौटीमा छाडिएको थियो ।


प्रतिक्रिया