पुर्पक्षमा राख्ने जिल्ला अदालतको आदेश विरुद्ध जोशी उच्च अदालतमा

माघ २९, २०८१

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा मुछिएका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशीले पुर्पक्षमा राख्ने जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा अपिल गर्नुभएको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधिश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई हिजो पुर्पक्षका लागि कारागार पठाउने पैmसला गरेको थियो । 

आदेश र ठहर खण्डमा उल्लेखित विषयहरु पूर्वाग्रही रहेकाले आदेश बदर माग गर्दै निवेदन दर्ता गराईएको अधिवक्तासमेत रहेका जोशीका छोरा रोचक जोशीले बताउनुभयो । सुप्रिम सहकारी ठगीमा एकै प्रकृतिको मुद्धामा रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका प्रवन्ध निर्देशक रवि लामिछाने भने १ करोड धरौटीमा रिहा हुनु भएको थियो । 

यसअघि जोशी पोखराको सूर्य दर्शन सहकारीमा ८८ लाख र काठमाण्डौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्धामा ५० लाख धरौटीमा रिहा हुनु भएको थियो । जोशीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भएको छ । 


प्रतिक्रिया