नरैनापुरमा १९ वर्षीया किशोरीमाथि बलात्कार

फाल्गुन ४, २०८१ | नेपालगञ्ज
बाँकेको नरैनापुरमा १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले नरैनापुर गाउँपालिका–५ सर्वराजपुरका ४५ वर्षीय जगबहादुर तेलीलाई पक्राउ गरेको हो ।
जबरजस्ती करणीपछि उच्च रक्तश्वावका कारण किशोरीलाई उपचारका लागि भेरी अस्पताल लगिएको छ । तेलीले घरबाहिर बसिरहेकी किशोरीलाई कोही नभएको मौका छोपी जबरजस्ती करणी गरी फरार भएको प्रहरीको भनाइ छ ।
पीडित किशोरीको बयानका आधारमा घटना लगत्तै शनिबार तेलीलाई पक्राउ गरिएको भगवानपुरस्थित इलाका प्रहरीका प्रहरी निरीक्षक टोपेन्द्र बुढामगरले बताउनुभयो । ‘तत्काल किशोरीलाइ उद्धार गरी अस्पताल पुर्याएका छौँ,’ उहाँले भन्नुभयो, ‘आरोपीलाई तत्काल नियन्त्रणमा लिएर घटनाको थप अनसन्धान गरीरहेका छौँ ।’
गत पुस ३ गते पनि राति मेला हेरेर घर फर्किरहेकी नरैनापुर–४ की १४ वर्षीया किशोरीमाथि बलात्कारको घटना भएको थियो ।