ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

फाल्गुन ४, २०८१ | ताप्लेजुङ
ताप्लेजुङको पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएको छ । माथिल्लो फेदी देखिनै हिउँ परेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो । हिउँले यात्रुलाई आवतजावतमा भने केही असहज भएको छ ।
आइतबार बिहान पाथीभरा जाने तीर्थयात्री १ सय ५० को हाराहारी रहेको महतले बताउनुभयो । ३ हजार १ सय मिटर उचाइको माथिल्लो फेदी देखिनै पाथीभरा क्षेत्रमा हिउँ परेको यो पहिलो पटक पनि हो ।


हिउँ २४ सय मिटरको काफलेपाटी देखिनै परेको तर पातलो रहेको स्थानीयले बताएका छन् । यस वर्ष ताप्लेजुङमा विगतका वर्षमा जस्तो हिउँ परेको छैन ।