इलामको चिया प्रशोधन काराखानामा आगलागी, ७ करोडको क्षति

फाल्गुन १४, २०८१ | पॉचथर
इलामको जस्जबीरेस्थित जस्बीरे चिया प्रशोधन कारखानामा आगलागी हु‘दा सात करोड रुपैयाँ बराबरको क्षति भएको छ । मंगलबार राति नौ बजेतिर आगलागी हुँदा उद्योगमा रहेका चिया प्रशोधन गर्ने मेसिन, चिया लगायत उपकरण जलेर नष्ट भएका छन् ।
कारखानाका सञ्चालक शरद शुब्बाले आफू कारखानाको काम सकेर फर्केपछि आगो लागेको जानकारी दिनुभयो । आगलागीको कारण भने खुल्न सकेको छैन । जस्बीरे चिया प्रशोधन कारखाना पूर्वी नेपालका पुराना चिया उद्योग मध्येको एक होे । जुन कारखानामा प्रशोधन गरेर तयार गरिएको चिया विदेशसम्म निर्यात हुने गरेको छ ।
कारखानाले किसानको अर्गानिक चियापत्ती खरिद गरेर समेत प्रशोधन गर्दै आएको थियो । दमकल, स्थानीय र प्रहरीको सहयोगमा बिहान साढे तीन बजे आगो निभाइएको थियो । केही महिनाअघि काठमाडौंमा आयोजित ‘नेपाल टी च्याजेन्ज २०२४’ मा नेपालका चिया उत्पादकको प्रतिस्पर्धामा नेपालकै ‘बेस्ट टी मेकर’ भएको थियो ।
यस उद्योगमा उत्पादित चिया ‘स्पेसल टी’ का नामबाट निर्यात हुने गथ्र्यो । उद्योगले वार्षिक ३० हजार किलोसम्म तयारी चिया उत्पादन गर्ने गरेको थियो भने युरोपका विभिन्न मुलुकमा निर्यात समेत हु‘दै आएको थियो ।
बुधबार बिहान आगलागी प्रभावित क्षेत्रमा इलाम नगरपालिकाका प्रमुख केदार थापा सहितका जनप्रतिनिधिले अवलोकन गरेका छन् । बिहानै घट्नास्थल पुगेको प्रहरी टोलीले क्षतिको विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।