जनकपुरमा भोलिमात्र होली मनाईने

चैत्र १, २०८१ | जनकपुर

धनुषाको जनकपुरमा भोलि मात्र होली पर्व मनाईने भएको छ । सो क्षेत्रमा गरिने अन्तरगृह परिक्रमा आज गरिएसँगै भोलि होली पर्व मनाइने भएको हो ।

 दुःख–कष्टबाट मुक्ति र इच्छाएको फल प्राप्त हुने विश्वाससहित हुने सो परिक्रमापछि मात्र सो क्षेत्रमा होली मनाउने प्रचलन छ । १५ किलोमिटर बढी दुरी पैदलयात्रा गरेर गरिने अन्तरगृह परिक्रमा सकिएको भोली पल्ट मात्रै जनकपुरमा होली पर्व मनाउने परम्परा छ । 

नेपाल र भारतका १ सय २० किलोमिटर क्षेत्र पदयात्रा गरेर १५ दिने धार्मिक माध्यमिकी परिक्रमा हिजोमात्र जनकपुर पुगेको थियो । फागुन औसींका दिन धनुषाको मिथिलाबिहारी नगरपालिका–८ स्थित मिथिलाबिहारी मन्दिरबाट मिथिला बिहारीको डोलासहित परिक्रमा प्रारम्भ हुन्छ ।

 १५ दिने परिक्रममा नेपालस्थित जनकपुर र भारतका विभिन्न क्षेत्रको यात्रा गर्ने प्रचलन छ । 


प्रतिक्रिया