हिंसाका घटना निवारण गर्न प्रहरीको सीप र क्षमता विकास तालिम सुरु

चैत्र ३, २०८१ | बुटवल
लैंगिक हिंसाका घटना निवारण र हिंसा प्रभावितको सुरक्षाका लागि भन्दै सरकारले प्रहरी कर्मचारीको सीप र क्षमता विकास गर्न सुरु गरेको छ ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रहरीसँगको सहकार्यमा लैंगिकहिंसा, घरेलु हिंसा र बालबालिका सम्बन्धी संवेदनशील घटनाका पीडितहरुसँग परामर्श गर्ने, सुरक्षा र सहजीकरण गर्ने सीप सिकाउन थालेको हो । सही परामर्शनहुँदा पीडितले आफ्ना पीडा व्यक्त नगर्ने र न्याय नपाउने गुनासो बढेपछिमन्त्रालयले हरेक प्रदेशमा प्रदेशस्तरीय मनोसामाजिक विमर्श तालिम दिन थालेको छ।
मन्त्रालयका उपसचिव केशवप्रसाद उपाध्यायले ३ तहकै सरकारको समन्वयमा सीप तथाक्षमता विकास र पूर्वाधार विस्तारका काम सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलाई छनोट गरिएको छ ।
लुम्बिनी प्रदेशमा प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा आजदेखि १६ दिन सम्म हुने प्रदेशस्तरीय मनोसामाजिक विमर्श तालिम सुरु भएको छ ।त्यसपछि अन्य प्रदेशमा विभिन्न चरणमा तालिम सुरु गर्ने सरकारको तयारी छ ।