तनहुँका चार क्याम्पसमध्ये आदिकविमा नाराबाजीबीच मतदान

चैत्र ५, २०८१ | तनहुँ

स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अन्तर्गत तनहुँका चार क्याम्पसमा आज मतदान भइरहेको छ । चार वटा क्याम्पस मध्ये तीन वटामा शान्तिपूर्णमा मतदान कार्य भइरहेको छ ।

दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा नाराबाजीकाबीच बिहान ९ बजेबाट मतदान कार्य अगाडि बढाइएको छ । व्यास नगरपालिका–१ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पस, आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी क्याम्पस, शुक्लागण्डकी नगरपालिका बेलचौतारास्थित भानुभक्त क्याम्पस र भिमाद नगरपालिका भिमादस्थित जनज्योति क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । 

दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा नेपाल विद्यार्थी संघ बाहेकका संगठनले निर्वाचन बहिष्कार गरेका छन् । अनेरास्ववियुले निर्वाचन प्रकृयामा धाँधली भएको भन्दै उच्च अदालत पोखरामा रिट दर्ता गरेको छ भने अखिल क्रान्तिकारीले विभिन्न माग राख्दै क्याम्पस प्रमुख र निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको छ । 

चार विद्यार्थी संगठनको नाराबाजीका बीच पनि आदिकवि भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरु गरिएपछि चार विद्यार्थी संगठनले नाराबाजी गरिरकेका छन् । 

क्याम्पस प्रशासनले प्रहरी बल प्रयोग गरी एकलौटी ढंगले पेलेरै बिहान ९ बजेदेखि मतदान सुरु गरेपछि अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल समाजवादी लगायतका चार विद्यार्थी संगठनले नाराबाजी गर्दै विरोध प्रदर्शन गरिएको विद्यार्थी संगठनका नेताहरुको भनाइ छ ।


प्रतिक्रिया