निर्वाचन आयोगद्वारा राजनीतिक दल सम्बधी ऐनमा दलहरुसँग सुझाव माग

चैत्र ७, २०८१ | काठमाडौं
निर्वाचन आयोगले राजनीतिक दल सम्बधी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि दलहरुसँग सुझाव माग गरेको छ ।
आयोगले विभिन्न २० बूँदा समावेश गरिएको मस्यौदामा दलहरुबाट राय सुझाव माग गरेको हो । निर्वाचन आयोगकी प्रवक्ता एवं सह सचिव नीता पोखरेल अर्यालका अनुसार मस्यौदामा राजनीतिक दलको केन्द्रीय समितिमा न्यूनतम २१ सदस्य र अधिकतम ३ सय ५१ जना रहन पाउने व्यवस्था गरिएको छ । यस्तै कुनैपनि दल एकीकरण भएको अवस्थामा सो मितिले १ वर्ष भित्रमा पार्टीको महाधिवेशन गर्नुपर्ने, स्वतन्त्र उम्मेदरवारको हैसियतमा निर्वाचित भएको सदस्य सो पदको कार्यकाल रहेसम्म दलको सदस्यता लिन नपाउने जस्ता प्रावधान प्रस्ताव गरिएको छ ।
निर्वाचन आयोगले राजनीतिक दल सम्बधी ऐन २०७३ लाई परिमार्जनका लागि २०८० फागुन २९ मा समिति गठन गरेको थियो । सोही समितिले गत भदौमा तयार पारेको प्रतिवेदनमाथि आयोगमा भएको छलफल पश्चात राय सुझाव मागिएको हो ।