पाथीभरा क्षेत्र विकास समितिको आपत्ति

चैत्र ८, २०८१

पाथीभरा क्षेत्र विकास समितिले मन्दीर क्षेत्रमा मकुम्लुङ ढुङ्गा र यग्राङसिं फलामको नौ तले भ¥याङ गाडिएको भन्दै आपत्ति जनाएको छ । मकुम्लुङ र यग्राङसिं गाड्नेलाई तीन दिन भित्र कार्यालयको सम्पर्कमा आउन आजार विज्ञप्ती मार्फत निर्देशन गरिएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङ द्वारा प्रेशित विज्ञप्तीमा तीन दिन भित्र सम्पर्कमा नआए सो संरचना क्षेत्र विकास समितिले हटाउने चेतावनी दिइएको छ । नेपाल सरकारले विकास समिति ऐन १३ बमोजीम पाथीभरा क्षेत्रको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न समिति गठन गरेको स्मरण गराउँदै समितिको स्विकृती बिना यस्ता कार्य गरिएको प्रति असन्तुष्टि जनाएको छ ।


क्षेत्र विकास समितिको निर्णय अनुसार मुख्य प्रबेशद्वार भित्रको क्षेत्रमा रहेका मानव निर्मित संरचना निर्माण नगर्ने, भएको हटाउने र बृक्षरोपण गरी हटाउने निर्णय भएको र त्यही अनुसार काम भइरहेको दावी गरिएको छ । परिसर भित्र किरात धर्मगुरु एवं राष्ट्रिय विभुती फाल्गुनन्दको शालिकपनि रहेको छ । समितिले संघ, संस्था व्यक्तिवाट निर्माण भएका संरचना १५ दिन भित्रमा हटाउन वा व्यवस्थापन गर्न कार्यालयमा सम्पर्क राख्नपनि बिज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

पटिल्लो समय मकुम्लुङ र यग्राङसिं कसले राख्यो भन्ने नखुलेको क्षेत्र विकास समितिका कर्मचारीले वताएका छन् । भौतीक पुर्वाधार मन्त्रालयको सहभागीतामा पाथीभराको गुरुयोजना बनाएपनि यसलाई समितिले कार्यान्वयनमा ल्याउन सकेको छैन । 


प्रतिक्रिया