चट्याङ लागेर खोटाङमा एक महिलाको मृत्यु

चैत्र ९, २०८१ | खोटाङ

चट्याङले लागेर खोटाङमा एक महिलाको शनिबार बिहान मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४५ वर्षीया दिलकुमारी राईको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार शनिबार बिहान करीब साढे ४ बजेतिर पानी परेपछि आँगनमा सामान उठाउने क्रममा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । 


प्रतिक्रिया