पृथ्वीनारायण क्याम्पस स्ववियुमा अनेरास्ववियुको प्यानल विजयी

चैत्र १२, २०८१ | कास्की

पृथ्वीनारायण क्याम्पस (पीएन) पोखराको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा अनेरास्ववियुको प्यानल विजयी भएको छ । १६ वर्षपछि भएको निर्वाचनको मंगलबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार अनेरास्ववियुका विष्णु पोखरेल १ हजार १ सय ६ मत ल्याएर अध्यक्ष निर्वाचित भए । 

उनले निकटतम प्रतिद्वन्दी नेविसंघका सुशील न्यौपानेलाई ६ सय ३ मतले पराजित गरे । न्यौपानेले ५ सय ३ प्राप्त गरे । स्वतन्त्र उम्मेद्वार विप्लवी न्यौपानेले ४ सय ६९ मत प्राप्त गरिन् ।

अखिल (क्रान्तिकारी) का नवीन अधिकारीले २ सय २३, संयुक्त प्यानलका सन्तोष पौडेलले १ सय ९६, स्वतन्त्र उम्मेद्वार कमल सुवेदीले ९९, प्राज्ञिक विद्यार्थी परिषद्का दिप्सन गुरूङले ७६, अखिल (छैठौं) का मिलन सुनारले २८ मत ल्याएका छन् ।

सचिवमा अनेरास्ववियुका विराट दुवाडी ७ सय ८६ मतले विजयी भए । दुवाडीले १ हजार ४ सय १४, नेविसंघका विवेक भट्टराईले ६ सय २८, अखिल (क्रान्तिकारी)का मिराज थापा मगरले २ सय ९३, संयुक्त प्यानलका किरण खड्काले २ सय ४९, प्राज्ञिक विद्यार्थी परिषद्का अभिषेक विष्टले १ सय १८ मत ल्याएका छन् ।

कोषाध्यक्षमा अनेरास्ववियुकी सन्दिका गुरूङ ६ सय ५८ मतले विजयी भइन् । उनले १ हजार ३ सय ५ मत ल्याउँदा नेविसंघकी अमिशा यादवले ६ सय ४७ मत ल्याएकी छन् । संयुक्त प्यानलका सचिन पौडेलले ३ सय ६०, अखिल (क्रान्तिकारी)की सिर्जना शर्माले २ सय ४४, प्राज्ञिक विद्यार्थी परिषद्की अम्बिका धिमालले १ सय २४ मत ल्याएका छन् ।

सदस्यमा अनेरास्ववियुकी जमुना शर्मा, प्रचण्ड शक्ति गुरुङ, अनुजराज अधिकारी, एलिशा भट्टराई, सुशील अधिकारी, विशाल लम्साल, बृषभ चालिसे, सुजन शर्मा सापकोटा निर्वाचित भए ।

आइतबार भएको मतदानमा प्रत्यक्षतर्फ २ हजार ८ सय ९६ जना (३१.२४ प्रतिशत), समानुपातिकतर्फ २ हजार ८ सय ९२ जना (३१.१९ प्रतिशत) सहभागी थिए । यस क्याम्पसमा ९ हजार २ सय ७० मतदाता थिए । 


प्रतिक्रिया