बेलौरीको गहुँबारीमा बाघ देखियो

प्रतीकात्मक फोटो 

चैत्र १६, २०८१ | कञ्चनपुर

कञ्चनपुरको बेलौरी नगरपालिका–२ टेडुवामा गहुँबारीमा बाघ देखिएपछि स्थानीय त्रसित भएका छन् । गहुँबारीमा शनिबार बिहानै बाघ देखिएको हो । इलाका वन कार्यालय कुण्डाका वन अधिकृत दिनेश यादवका अनुसार गुहँबारीमा देखिएको बाघ वयस्क छ । 

अहिले वनको टोलीसँगै सुरक्षाकर्मीको टोली बाघ देखिएको स्थानमा पुगेको छ । बाघलाई नियन्त्रणमा लिनका लागि पनि माथिल्लो निकायमा जानकारी गराई सकिएको वन अधिकृत यादवले बताउनुभयो । 

दुई वर्षअघि बेलौरी नगरपालिकामै बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो । उक्त बाघ नियन्त्रणमा लिएर काठमाण्डौं चिडियाखानामा राखिएको छ । अहिले सो बाघको नाम महारानी राखिएको छ । 


प्रतिक्रिया