अर्घाखाँचीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

चैत्र २४, २०८१ | अर्घाखाँची
अर्घाखाँचीको मालारानी गाउँपालिका–४ खनमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् ।
दुर्घटनामा परि मालारानी गाउँपालिका–४ का २२ वर्षीय चालक दीलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
घाइते १७ वर्षीय वसन्त पोखरेल र भुवन पोखरेललाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ । घटना शनिबार दिउँसो भएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।