अर्घाखाँचीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु

चैत्र २४, २०८१

अर्घाखाँचीको मालारानी गाउँपालिका–४ खन भन्ने स्थानमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् । दुर्घटनामा परि जीप चालक मालारानी गाउँपालिका–४ का २२ वर्षीय दीलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनीहरुको अर्घाखाँची अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । घाइते १७ वर्षीय वसन्त पोखरेल र भुवन पोखरेललाई थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।  


प्रतिक्रिया