सोनिया गान्धी र राहुल गान्धीलाई घोटालाको आरोपः कांग्रेस आइले विरोध प्रदर्शन गर्ने

वैशाख ३, २०८२

भारतको वित्तीय अपराध एजेन्सीले वरिष्ठ नेता सोनिया गान्धी र राहुल गान्धीलाई घोटालाको आरोप लगाएपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस आइले देशव्यापी विरोध प्रदर्शन गर्ने बताएको छ । त्यहाँको प्रवर्तन निर्देशनालय (ईडी) ले गान्धी परिवार एवम् कांग्रेस सांसद सोनिया र लोकसभामा विपक्षी नेता रहेका राहुलविरुद्ध नेशनल हेराल्ड अखबारसँग सम्बन्धित मुद्दामा घोटाला गरेको आरोपपत्र हिजो दायर गरेको थियो । 

ईडीले दिल्लीको एक अदालतमा आफ्नो निष्कर्ष प्रस्तुत गर्दै गान्धी परिवारलाई हेराल्ड अखबारको २० अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति अवैध रूपमा प्राप्त गर्न सेल कम्पनी गठन गरेको आरोप लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सो घटनापछि कांग्रेस प्रवक्ता जयराम रमेशले सरकारको कदम बदला र धम्कीको राजनीतिबाट प्रेरित भएको टिप्पणी गर्नुभएको छ । यसअघि सो घोटाला काण्डमा कुनै संलग्नताबारे खण्डन गर्दै आएको गान्धी परिवारले विकसित घटनाक्रमबारे कुनै टिप्पणी गरेको छैन । 


प्रतिक्रिया